स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको देवानगञ्ज गाउँपालिकाको नेपाल -भारत सिमाबाट ८ जनाले नेपाल प्रवेश गरेपछि सबैलाई गाउँपालिकाले सिमामै रोकि भारतको क्वारेन्टाईन पठायो छ।
लुकिछिपि मकैवारीको सुरूङ हुदै देवानगञ्ज गाउँपलिका १ मध्यहर्षाही आउदै गरेको सूचना पाएपछि गाउँपालिकाले समयमै उनीहरुलाई झाडीमा लुकेर बसेको अवस्थामा फेला पारेको हो।
झाडी लुकेर बसेको अवस्थामा फेला परेका अजयकुमार दास, सोही ठाउँका कपिलदेव दास, छेदीलाल दास, सलेश दास, महेन्द्र दास, शत्रुधन दास , जयकुमार दास, सन्तोश दास सहितलाई भारत तर्फको क्वारेन्टाईना पठाएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले जानकारी दिनुभयो ।