टोमराज मेहता
हरिनगरा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ का युवाहरुले हरिनगरा बजारमा कोरोना भाइरसबाट जोगिन सेनिटाइजर गरेको छ।
हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ। लकडाउनमा सर्वसधारण घरबाहिर निस्केका छैनन्। बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन्।
कोही दैनिक कैयौंपटक साबुन पानीले हात धुन्छन् त कोही सेनिटाइजर प्रयोग गर्छन्। तर पनि कोरोना भाइरसको खतरा रहेको महसुस सर्वसधारणले गरिरहेका छन्।
स्थानीय सरकारले गर्नुपर्ने काम हरिनगर ४ का युवाहरुले गरेको छ। हरिनगरा बजार क्षेत्रमा किटनाशक औषधि छरेका छन् । बजार क्षेत्रलाई ब्यवस्थित गर्नका लागि युवाहरु सक्रिय भएका हुन ।
बुधबार रात्रीको समयमा बजार एरिया भित्र औषधि छरेको स्थानीय युवाहरुले बताएका छन्। युवाहरूको अथक प्रयासमा हरिनगर बजारमा ब्यापारीहरुले आ-आफ्नो पसल अगाडि बिजुलीको ब्यवस्था मिलाएकोले बजार क्षेत्रमा रौनक बढेको छ ।
