स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको देवानगंजमा १ जना महिला र १ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
देवानगंजमा पहिलो पटक दुई जना कोरोना संक्रमित देखिएको छ । भारतबाट आएर देवानगंज गाउँपालिकाको श्री माविको कोरेन्टाईनमा बसेका १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस क्वारेन्टाइनबाट ३५ जनाको स्वाब संकल्न गरि परिक्षण गर्नका लागि पठाइएकोमा १ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको देवानगंज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले जानकारी दिएको हो।
त्यसगरि हरिनगर गाउँपालिका १ भुटाहा स्थित भुटाहा जेनलर हस्पिटल कोरेन्टाईनमा बसेका पुरुषको पीसीआर रिपोर्ट नगेटेभि आएपछि भुटाहा कोरेन्टाईनबाट घर पठाएको थियो । घर पठाउने बेलामा त्यो पुरुषलाई घरको होम कोरेन्टाईनमा बस्न सल्लाह दिएको थियो ।
घरको होम कोरेन्टाईनमा बसिरहेका पुरुषको देवानगंज गाउँपालिकाको श्री माविको कोरेन्टाईनमा फेरि पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको अध्यक्ष मेहताले बताए।
कोरोना सङ्क्रमित दुवै जनालाई पुर्वाञ्चल विश्व विद्यालय गोठगाँउको आइसोलेसनमा पठाउने तयारी गरिएको छ ।