नसीम अन्सारी
भुटाहा,। प्रदेश नं. १ बाट बिहीबार हरिनगर गाउँपालिका भुटाहाका ७ जना विद्यार्थी कोरोना जितेर निको भई डिस्चार्ज भएका छन ।
मोरङ्गको गोठगाँउ स्थित पुर्वाञ्चल विश्वविद्यालय आइसोलेशन उपचार केन्द्रमा उपचाररत ७ जना विद्यार्थी कोरोना जितेर निको भई डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा खास गरि १५ देखि २५ बर्ष उमेर समुहका विद्यार्थी युवाहरु रहेका छन् । डिस्चार्ज भएर आउनेहरुलाई भुटाहा जेनरल हस्पिटल क्वारेन्टाइनले भव्य स्वागत गरेर बिदाई गरेको छ ।

कोरोना जितेर घर फर्किएका भुटाहाका ७ जना विद्यार्थीहरुलाई भुटाहा क्वारेन्टाइनका डाक्टरहरुले भब्य स्वागत गरिएको छ ।
विद्यार्थीहरुलाई अंगालो हालेर आत्मीयता साटासाट गरेर फुल दिएर माला लगाएर बिहीबार घर फर्किएका हुन।
कोरोना बिशेष अस्पतालमा बसेर नेगेटिभ नतिजा आएपछि घर फर्किएका हुन । हेर्नुहोस् डाक्टरले विद्यार्थीलाई गरेको स्वागत…..

स्मार्ट २४ न्यूजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newssmart24@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।