भुटाहा,। सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका–१ भुटाहा बजारमा ३ जनाको घरबाट प्रहरीले मल खाद्य र सुर्ती बरामद गरेको छ।
अवैद्य रुपले भारतबाट ल्याएर घरमा भण्डारण गरिएर राखेको अवस्थामा बिहीबार सुनसरी प्रहरीले छापा मारी गरि मालसमान नियन्त्रणमा लिएको हो।
भन्सार छली गरेर ल्याइएको मल खाद्य र सुर्ती ठूलो मात्रामा भण्डारण गरेको छ भन्ने सूचनाको आधारमा जिल्लाबाट आएका प्रहरी टोली र प्रहरी चौकी भुटाहाले संयुक्त रुपमा छापा मारेर उक्त मालसमान बरामद गरेको हो ।
टोलीले भुटाहाबाट ३ जनाएको घरबाट १ लाख बराबरको मालसमान बरामद गरेको छ । बरामद गरिएको मालसमानहरुमा रासायनिक मल खाद्य २८ बोरा र सुर्ती ४ बोरा रहेको प्रहरी चौकी भुटाहाले जनाएको छ।