नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्कीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ ले आर्थिक वर्ष २०७६÷०७७ को आ.व सार्वजनिक गरेको छ।
वडा कार्यालयले वडाबासिहरुलाई पु¥याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ ।
कार्यक्रमबाट जनगुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, वडामा एक चौमासिक अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्नु, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा नम्बर ७ का अध्यक्ष नसीर खाँले बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ मा भएका काम र योजनाहरु सहितको ५३ लाख ४५ हजारको विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा वडा सचिव रोशन कुमार साहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साहले भवन निर्माण, फर्निचर, स्वास्थ्य चौकीलाई सहयोग, मन्दिरहरुको निर्माण, थानहरुमा मर्मत सम्भार तथा कबिस्तान घेराबेरा सहितको काम गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा उपस्थित वडा बासीहरुले बजार अनुगमन, फोहर व्यवस्थापन, बाटोको सम्सया, कृषि, स्वास्थ्य, शिक्षा, वडाको भवन लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । वडा बासीहरुको प्रश्नलाई वडा अध्यक्ष, वडा सदस्यहरु र वडा सचिव लगाएतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले वडाले गरेको पुर्वाधार विकास ,मानवीय विकास तथा अन्य विकासका कामहरु सार्वजनिक सुनुवाई कार्यक्रम टेलिभिजनद्वारा प्रशारण गरेर वडाका विकास देश तथा विदेश सम्म पुयाउने भएको छ।
उहाँहरुले वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा समटेको बताए ।
विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताईन ।
कार्यक्रममा वडा अध्यक्ष नसीर खाँले विकासका कामलाई तिव्रता दिईरहेको बताए। स्थानिय तहको निर्वाच भएको ३ वर्ष पुग्न लागि सकेको भन्दै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाँकी रहेको बताए ।
नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष खाँले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पछिल्लो समय वडाको भवन निर्माणको विषयमा निकै चर्चाहरु चरिहेको भन्दै अध्यक्ष खाँले आफुहरु भवन बनाउन कहाँ उपयुक्त हुन्छ भन्ने कुरामा जग्गाको अनुगमन गरीरहेको जानकारी दिए ।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नसीर खाँ, वडा सदस्यहरु जमिल मियाँ , जुग्नु उराँव, सीता देवी सरदार र सावित्री मलहा, विराट टेलिभिजनका पत्रकार बाबुराम खड्का, पत्रकार सुमन भट्टराई,लुकमान अंसारी,पारस चौधरीले नागरीकका गुनासाहरु समेत सम्बोधन गर्दै आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रम हरिनगर गाउँपालिका ७ नम्बर वडा कार्यालयको सहयोगमा तथा स्मार्ट साझा मिडिया प्रा.लि को आयोजना र विराट टेलिभिजनको सहकार्यमा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण स्मार्ट साझा मिडिया प्रा.लि अध्यक्ष तथा संचालक नसीम अन्सारीले गरेका थिए ।