भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका ७ स्थित घुस्की सिमानाकामा स्थानीय युवाहरु र प्रहरी बीच शुक्रबार राति झडप भएको छ।
घटनापछि शनिबार विहान देखि घुस्की बजार र सिमानाकामा ठुलो संख्यामा स्थानीयवासीहरुले जम्मा भई ठाउँ ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका छन् । घुस्की बजार तथा सिमानाकामा अवस्था तनावग्रस्त रहेको छ। अवस्थालाई ध्यानमा राखि उक्त स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल-भारतको घुस्की नाकाबाट स्थानीय युवाहरुले अवैध सरसमान ओसार पसार गर्ने क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरीले रोक्न खोजदा स्थानीय युवाहरु र प्रहरीबीच झडप हुदाँ सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवा गम्भिर घाइते भएका छन् ।
घुस्की सिमानाका हुदै नेपालबाट भारत तिर डिजल,पेट्रोल लगि रहेको र भारतबाट अवैध सर समान नेपाल ल्याउने गरेको अवस्थमा सिमानाकामा ड्युटीमा रहेको सशस्त्र प्रहरीले सरसमान नियन्त्रणमा लिन खोजदा स्थानीय युवा र प्रहरीबीच झडप भएको स्थानीय मिकाइल मियाँ बताए ।

घटना स्थलमा ड्युटीमा रहेका सशस्त्र प्रहरीको अनुसार रातिको समयमा अवैध सरसमान वारि पारि गरिरहेको बेला प्रहरीले समान नियन्त्रणमा लिन खोजेपछि स्थानीय युवाहरुले प्रहरी माथि ढुंगा मुढा गरेपछि साथै हतियार बोकेको प्रहरीलाई सिमामा घस्रदै हतियार समेत खोस्ने प्रयास गरेको क्रममा प्रहरीले एक राउन्ड गोली चलाएको थियो ।
प्रहरीको गोलि लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका छ भन्ने युवाहरुको कुटपिटबाट एक जना ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिसंखेसमेत घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सीमा सुरक्षा बल सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठले भने । विशुंखेको शसस्त्र प्रहरी आफ्नैअस्पताल पकलीमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् । अहिले अवस्था सामान्य रहेको छ । घट्नाबारे स्थानीय र शसस्त्र प्रहरी विच वार्ताको तयारी भइरहेको स्थानीयले जानकारी दिएका छन् ।
गोली लागेका युवाको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
घटनापछि ठूलो भीडबढेको थियो । राती नै उक्त स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।




