नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा रहेको भुटाहा जेनरल हस्पिटलमा प्रदेश सरकार तथा स्थानीय सरकारले स्थापना गरिएको आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमित व्यक्तिहरुलाई आत्मबल बढाउनका लागि साँस्कृतिक कार्यक्रम गरिएको छ ।
सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपछि त्यो व्यक्तिहरुलाई हरिनगर गाउँपालिकाको भुटाहामा रहेको आइसोलेसन केन्द्रमा राख्ने गरेको हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले बताए हो।
मगरका अनुसार अहिले भुटाहा आइसोलेसन केन्द्रमा ४ महिला ३६ पुरुष गरि जम्मा ४० जना कोरोना संक्रमित व्यक्तिहरु रहेको उहाँले जानकारी दिनुभएको हो।
यस आइसोलेसन केन्द्रमा रामधुनि नगरपालिका, दुहबी नगरपालिका , बर्जु गाउँपालिका,गढी गाउँपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिका लगायतका कोरोना संक्रमित व्यक्तिहरु राख्ने गरेको मगरले बताए ।
हरिनगरको भुटाहामा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमित व्यक्तिहरुलाई आत्मबल र आत्मबिश्वास बढाउनको साथै कोरोना मुक्त हुनको लागि नाँचगान गरी साँँस्कृतिक कार्यक्रम गरिएको हो ।
सुनसरी प्रशासनले लकडाउन भदौ ७ गते सम्मका लागि घोषणा गरेको छ । भुटाहा जेनरल हस्पिटलमा १ नम्बर प्रदेश सरकार र हरिनगर गाउँपालिका समन्वयमा ५० बेडको आइसोलेसन केन्द्रमा स्थपना गरिएको छ ।
सो आइसोलेसन केन्द्रमा ४० जना कोरोना संक्रमित ब्यक्तिहरुलाई कोरोना जित्नका लागि आत्मबल बलियो बनाउने उद्देश्यले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।
प्रदेश १ मै पहिलो पटक कोरोना संक्रमित ब्यक्तिहरुलाई साँस्कृतिक कार्यक्रमको माध्यमबाट हौसला प्रदान गर्नका लागि आइसोलेसन केन्द्र भुटाहामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
भुटाहा आइसोलेसन केन्द्रमा सामाजिक दुरी कायम गरी साँस्कृतिक कार्यक्रम गरिएको थियो । कोरोना संक्रमित भएपछि समाजमा हेर्ने दृष्टिकोण फरक भएको र संक्रमित भएपछि मानसिक तनावमा बस्ने गरेकोले उत्तम उपाय भनेको नै साँस्कृतिक कार्यक्रम भएकोले आइसोलेसनमा सामाजिक दुरीको ख्याल गर्दै संक्रमित ब्यक्तिहरुलाई हास्य कलाकार, लोकदोहोरी गायिक लगायतका कलाकारहरुले मनोबल उच्च बनाउन र कोरोना जित्न सकिने गितहरु गाएर उनीहरुलाई प्रफुल्ल बनाएका थिए ।
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक आइसोलेसन केन्द्र भएकोले कोरोना संक्रमितहरुलाई ब्यवस्थापन गरेको र उनीहरुलाई मानसिक तनाबबाट मुक्त गर्न र रिफ्रेस गर्नका लागि संगित तथा मनोरञ्जनको आवश्यकता भएको महसुस गर्दै कार्यक्रम गरिएको हो ।
हरिनगर गाउँपालिकाले कोरोना संक्रमितहरुलाई सुरक्षित साथ राखिएपनि मानसिक असर नपर्नका लागि आइसोलेसनमा नै मनोरञ्जन प्रदान गरेका थिए । आइसोलेसन केन्द्रमा हास्य कलाकार तुलसी घिमिरे, लोक दोहोरी गायिका गंगा गौतम लगायतका प्रदेश १ का कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
संगित क्षेत्रबाट नै सेवा गर्दै आएकोले समुदाय स्तरमै कोरोनाको जोखिम उच्च भएकोले कोरोना संक्रमित देखिएको ब्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा राखिएको हुदाँ उनीहरुलाई रिफ्रेस गर्न र आत्मबल सँगै मनोबल उच्च बनाउन संगितको क्षेत्रबाट मनोरञ्जन प्रदान गर्न र कोरोना जित्न सहज हुने उद्देश्यले आइसोलेसन केन्द्रमा सामाजिक दुरी कायम गरी साँस्कृतिक कार्यक्रम गर्दै हरिनगरको आइसोलेसन केन्द्रमा आइपुगेको लोकदोहोरी गायिक गंगा गौतमले बताएकी छिन् ।
हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले आइसोलेसनका रहेका ४० जना व्यक्तिहरुको लागि ब्यवस्थापनको राम्रो प्रवन्ध मिलाएको, बिहान बेलुका नास्ता, खाना र खाजाको पनि राम्रो ब्यवस्था भएको र कोरोना संक्रमित ब्यक्तिहरुलाई चाहिने अति आवश्यक सामाग्रीहरुको ब्यवस्था मिलाएकोले कुनै समस्या नरहेको बताएका छन् ।
उनका अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा आएदेखि दिनरात उनीहरुको लागि खटिएको र केही कमिकमजोरी भएपनि अगामी दिनहरुमा सच्याउँदै अगाडी बढने छौं ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सुनसरीका प्रहरी प्रमुख कमल थापा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर कार्की, स्वास्थ्य प्रमुख प्रकाश थापा मगर , कार्यपालिका तथा शिक्षा शाखाका सदस्य सुशिल कुमार ठाकुर, एलायन्स नेपाल संस्थाका अध्यक्ष नईम अन्सारी लगायतको सहभागिता रहेको थियो ।