नसीम अन्सारी ,७ पौष २०७६ सोमबार प्रकाशित
हरिनगर । सुनसरीको देवानगंज गाउँपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक आमाहरुलाई सारक्षरता बनाउने उद्धेश्यले दुई महिने डिजिटल साक्षरता अभियान सुरु गरिएको हो ।
आमाहरुलाई दुई महिने अत्याधुनीक डिजिटल साक्षरता अभियान कार्यक्रम १ नम्बर प्रदेश सरकारको सहयोगमा कृष्ण माविमा अध्ययनरत विद्यार्थीहरुको आमालाई साक्षरता अभियान मार्फत डिजिटल प्रविधिबाट आमाहरुलाई साक्षरता बनाउनकाे लागि सरकारले नयाँ योजना अन्तरगत सुनसरी जिल्लाकाे ग्रामिण क्षेत्र देवानगंज गाउँपालिकामा कार्यक्रम सुरु गरिएको हो ।
सो साक्षरता अभियानमा २० जना आमाहरुको सहभागिता रहेको छ। प्रत्येक आमाहरुलाई मोवाइल मार्फत साक्षरता बनाउन सरकारले साक्षरता अभियानबाट साधारण लेखपढ गर्न सिकाइ सकेको र नयाँ प्रविधि मोबाइलबाट सिकाउन लागिएकाे हाे। याे साक्षरता अभियान र्दुइ महिनासम्म चल्ने प्रशिक्षक गणेश प्रसाद मेहताले बताए ।
उहाँको भनाई अनुसार प्रदेश सरकारले शिक्षकहरुलाई तालिम दिइसकेको र तालिम प्राप्त शिक्षकहरुले शिक्षा प्रदान गर्न निर्देशन दिएकोले आमाहरुलाई शिक्षा प्रदान गर्न लागिएको हो । अहिले हरेकघरमा माेवाइलकाे अवस्कता रहेकोले याे शिक्षा हामीहरुकाे लागि अति अावस्क रहेको अामाहरुले बताए ।
हामीहरुकाे घरबाट बैदेशिक रोजगारमा गएका छाेराहरुले पनि घरमा इन्टरनेट माध्यमबाट इमो र फेसबुकमा कुराकानी गर्ने क्रम बढ्दै गएकोले मोबाइल शिक्षा हामीहरुलाई आवश्यक रहेको एक अामाले बताए। डिजिटल साक्षरता अभियानमा मोबाइलमा नाम र नम्बर कसरी सेभ गर्ने, फोटो कसरी खिच्ने, भिडियो कल कसरी गर्ने, इन्टरनेटबाट कुराकानी कसरी गर्ने , गुगल नक्सा कसरी हेर्ने र गुगल मार्फत बिभिन्न कुराहरु कसरी सर्च गर्ने र हेर्ने लगायतको कुराहरुमा आमाहरुलाई शिक्षा दिइनेछ ।
ग्रामिण क्षेत्रमा पहिलो पटक शैक्षिक गुणस्तरीय अभियान अन्र्तगत डिजिटल प्रविधिबाट मोबाइल प्रयोग गरि साक्षर बनाउनका लागि प्रयास भएको प्रशिक्षक मेहताले बताए । विद्यालयमा कम्प्युटर शिक्षा भएकोले शिक्षक, शिक्षिकाहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको सहजकर्ता ममता शर्माले बताईन् । बिद्यार्थीहरुलाई शैक्षिम सामाग्री प्रयोग गर्न वा इन्टरनेट माध्यमबाट नयाँ कुरा सिकाउनकाे लागि शिक्षकहरु पनि जानकार हुनुपर्ने उद्धेश्यले कम्प्युटर शिक्षा सुरु गरेको सहजकर्ता शर्माले बताईन् ।