नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आइतबार पत्रकार समेलन गरि आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
आयोजना गरेको पत्रकार समेलनमा बोल्दै अध्यक्ष अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम जोडेर भुटाहामा रहेको शिव मन्दिर तोडन लागिपरेको भन्ने जस्ता अफवाह फैलाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
जनताको आवाज भन्ने फेसबुक आइडिबाट, इनरुवा सुनसरी फेसबुक पेजमा टायग गरि अर्को राजु सयसवाल फेसबुक पेजबाट आफ्नो नाम राखि चरित्र हत्या हुनेगरि पोष्ट गरिएको फेसबुक आइडी चलाउने ब्यक्तीलाई कारवाहीको दायरामा ल्याउन अध्यक्ष अन्सारीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा सारबर क्राइमको निवेदन दर्ता गर्ने तयारी गरेको छ।
जनताको आवाज भन्ने फेसबुक आइडिबाट र इनरुवा सुनसरी फेसबुक पेजमा टायग गरि लेखिएका भनाइ यस्तो रहेको छ। सुनसरी जिल्लाको मुस्लिम बाहुल इलाका हरिनगर गाउँपालिकामा रहेका प्राचीन शिव मन्दिरलाई तोड्ने षड्यन्त्र त्यहाँका गाउँपालिका अध्यक्ष गाफार अंसारी मियाँले रच्दै छन् , स्थानीयले जति बिरोध गरे पनि त्यहाँका मुस्लिम जनताको सपोट लिएर अध्यक्ष मियाँले हर हालमा मन्दिर तोड्ने प्रतिबद्धता जनाएका छन् ।
तर यस विषयमा अध्यक्ष अन्सारीले केही दिनदेखि सामाजिक संजालमा फेसबुक र फेसबुक पेजमा यस्ता कुराहरु लेखेर मेरो चरित्र हत्या गर्ने र हाम्रो धार्मिक,सामाजिक तथा सांस्कृतिक सदभावलाई बिथोल्ने उद्देश्यबाट प्रेरित भएर समाजमा भ्रम छर्न भईरहेका प्रयासहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताए ।
अध्यक्ष अन्सारीले सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या हुने गरि पोस्ट गरि बदनाम गर्न कोसिस गरेको हुँदा त्यस्तो आइडी चलाउने जो कोहि भएपनि कारवाही गर्न आफु प्रहरी प्रशासन समक्ष तयार रहेको बताए । साथै सामाजिक संजाल प्रयोग गर्ने सबै दाजुभाइ दिदीबहिनीहरुलाई उक्त आइडीको ब्यक्ति पहिचान गर्न सहयोग गर्न अनुरोध गरेको छ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभरका मुस्लिम समुदायमाथि शंकाको दृष्टिले हेर्न थालिएको छ। अन्सारीले आफूलाई पनि त्यही अनुरुप धार्मिक सद्भाव विथोल्न अभिप्रायले केही व्यक्तिले चरित्र हत्या गर्न खोजेको दाबी गरेका छन् ।
उनले आफूले त्यस्ता कुनै कार्य गरेको पाइए कानून बमोजिम कारवाही भोग्न तयार रहेको पनि बताएका छन् । साथै मानव समूदायमाथिनै आएको कोरोनाको चुनौतिलाई सबै मिलेर सामना गर्न पनि अपिल गरेका छन ।
यस बिषयमा चुनौती दिन्छु ,कसैले प्रमाणित गर्छ भने म जुनसुकै सजाय भोग्न सदैव तयार छु,’ अध्यक्ष अन्सारीले भनेका छन्,’ हल्ला र भ्रमको पछि नलागौं सबैलाई आग्रह गरेको छ।