भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिका ६ स्थितबाट भारततर्फ लादै गरेको अवस्थामा ८० बोरा सेतो मटरसहित प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार देवानगंज ६ स्थित नेपाल–भारत सीमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिए पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर बरामद गरिएको छ ।
मटरसँगै मोरङ जहदा गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३२ को पवन राजवंशीलाई नियन्त्रणमा लिएको बताईएको छ ।
बरामद गरिएको मटर, पिकअप गाडी र चालकसमेतलाई आवश्यक कारबाहीको लागि सेतु भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा नेपालबाट भारततर्फ हरियो मटर, कालो मरिच र सुपाडीको कारोवार फस्टाएको छ ।
विशेष गरेर विराटनगरबाट ट्रयाक्टरमै राखेर सुनसरीको विभिन्न नाकाहरुबाट यसको कारोवार हुँदै आएको छ ।