भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-६ घुस्कीका एक जना लागूऔषध सहित इनरुवा बजारबाट पक्राउ एक जना फरार भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा बजार क्षेत्रबाट लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ भन्ने अर्को एक जना फरार भएको प्रहरीले जनाएको छ।
इनरुवा बजारबाट साईकलमा उत्तरतर्फ जादै गरेको अवस्थामा प्रहरीलाई शंका लागेपछि दुवै जनालाई चेकजाँच गर्ने क्रममा डाईलेक्स डिसी नाम गरेको १ सय एमएलका ४९ वोतल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ भन्ने १ जना फरार भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साईकलको पछाडि बसेका हरिनगर गाउँपालिका ६ घुस्कीका अकमुल अन्सारीले बोकेको झोलामा उक्त लागुऔषध फेला परेको छ ।
साईकल चालक हरिनगर ६ घुस्कीका अकमुल अन्सारीले साइकल छाडेर फरार भएको छ। फरार अन्सारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका इम्तियाज अन्सारीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट आवश्यक कानुनी कारवाहीका लागि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।