भुटाहा, । सुनसरीको हरिनगर गाउँपालिका- ४ का ७१ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज २१ गते नोबेल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा स्वाब परीक्षण गराएका उनमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नोबेल अस्पताल बिराटनगरमा उपचाररत सुनसरी हरिनगर गाउँपालिका–४ का ७१ वर्षीय वृद्ध पुरुषको शनिबार राति १०ः१५ बजे मृत्यु भएको हो ।