नसीम अन्सारी
भुटाहा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका घृणि पुल स्थितबाट सशस्त्र प्रहरी बल भुटाहाले १ लाख रुपैयाँभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ ।
सशस्त्र बेश क्याम्प भुटाहाका प्रमुख रुपक नापितको कमान्डमा गस्तीमा खटिएका प्रहरी टोलीले भारती बजार बाट ल्याउदै गरेको पटका नरसिंहको घृणि पुल स्थितबाट सोमबार राति १ बजेको समयमा उक्त पटका बरामद गरेको हो ।
सशस्त्र बेश क्याम्प भुटाहाबाट खटिएको टोलीले १ लाख ७ हजार, ३ सय बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरी बल भुटाहाका इन्स्पेक्टर रुपक नापितले जानकारी दिए ।
बरामद गरिएको पटका मंगलबार बिहान सशस्त्र बेश क्याम्प भुटाहाको हाताभित्र स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको हो।
स्रोतहरू खुलाइएका बाहेक स्मार्ट २४ न्यूजमा प्रकाशित सम्पूर्ण सामग्रीहरू स्मार्ट साझा मिडिया प्रा.लि का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।