नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ६ घुस्कीका वडा अध्यक्ष ईसराइल अन्सारीलाई
नेपाल प्रहरीले कदर पत्र सहित सम्मान गरेको छ ।
६५ औं प्रहरी दिवसको अवसरमा आइतबार इलाका प्रहरी कार्यालय हरिनगरामा आयोजित कार्यक्रममा इप्रका हरिनगराका प्रमुख गजाघर गोईतले वडा अध्यक्ष अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा प्रदान गरीएको कदर प्रत्र हस्तान्तरण गरेका हुन ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कार्यमा आम नागरिकको जिम्मेवारी प्रति सवेदनशील रहि प्रहरी चौकी घुस्कीको कम्पाउण्ड बाल निर्माण गर्ने काममा सहयोग गरि नेपाल प्रहरी प्रति नागरिकहरुको अटल विश्वास भरोसाको उदाहरण प्रस्तुत गर्दै पुर्याउनु भएको योगदानको उच्च मूल्यांङ्कन गर्दै कदर पत्र प्रदान गरीएको कदर पत्रमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय हरिनगराका प्रमुख गजाघर गोईतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष अन्सारीले सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले अन्सारीको उच्च मूल्यांकन गरेको बताए ।
वडा अध्यक्ष अन्सारीले समुदाय र प्रहरीको सहकार्यमा समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक कार्य गर्न सकिने थुप्रै उदाहरण रहेको छ ।