नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहाका स्थानीय निवासी एवम् युवा व्यवसायी तुफेल अहमद अन्सारीले राजनीतिमा सक्रिय भएको छ। उनी राजनीति मात्र नभएर व्यवसायीका रूपमा पनि परिचित छन् ।
राजनीति गर्ने व्यक्तिहरूलाई व्यवसायले स्वावलम्बी र आत्मनिर्भर बनाउँछ भन्ने उनको ठहर छ । कुनै समय उनी व्यस्त व्यवसायी थिए । तर, अहिले भने उनको झुकाव व्यवसायमा भन्दा राजनीति तर्फबढी हुन थालेको छ ।
नेपालमा स्थानीय तह व्यवस्था स्थापनापछिको पहिलो निर्वाचनमा उनी हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहाबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए ।
चुनावमा उनले १ सय ३५ मत ल्याएर पराजय भोग्नु पर्यो । त्यतिबेलासम्म पनि उनी व्यवसायमा नै बढी संलग्न थिए । तर, चुनावी पराजयपछि भने क्रमिकरूपमा राजनीतिप्रति सक्रिय बन्न थालेको छ।
व्यवसाय र राजनीति एकअर्काका पूरक हुन् भन्ने उनको मान्यता छ । अत्यन्त कर्मठ र इमानदार नेताका लागि पनि आर्थिक स्रोत नभई हुँदैन, उनी भन्छन्, व्यवसायले राजनीति गर्ने व्यक्तिलाई स्वावलम्बी मात्र बनाउँदैन, गलत बाटोमा हिँड्नबाट समेत जोगाउँछ ।
राजनीति गर्ने केही व्यक्तिहरूले अर्थाभावका कारण गलत बाटो समात्ने गरेको र त्यसले समग्र राजनीतिलाई नै दूषित बनाएको उनको ठहर छ ।
सुनसरी जिल्लाको भुटाहामा २०४० देखि २०५० सालसम्म सुनसरी जिल्लाको दक्षिण ग्रामीण क्षेत्र देवानगंज देखि सुनसरी जिल्ला सदरमुकाम इनरुवा सम्म बस सेवा संचालन गरेर बसेका त्यसपछि गएर उनी सुनसरी जिल्लाको दक्षिण ग्रामीण क्षेत्र संचार क्षेत्रमा अति पिछडिएका भुटाहा बजारमा समाज सेवा तथा जनता सेवाको लागि टेलिफोन सेवा संचालन गरेका थिए।
साथै, अन्सारीले काठमाडौंमा अहिले १५ साल देखि एलिना ट्राभ्लस पनि सञ्चालनमा छन् ।
बैङ्क तथा वित्तीय संस्थामा पनि उनको लगानी छ । काठमाडौं र सुनसरीको सदरमुकाम इनरुवामा पनि घर जग्गा तथा भुटाहामा पनि घर जग्गा जमिन रहेको छ।
भ्रष्टाचारबाट देशलाई मुक्त गराउन पैसाले भोट किन्ने प्रचलनको अन्त्य गर्नुपर्ने उनको धारणा छ । उनले अब सम्पूर्ण समय राजनीतिमा खर्च गर्ने मानसिकता बनाएका छन् ।
व्यावसायिक सुनिश्चिताका लागि असल शासनको आवश्यकता छ भन्ने उनी द्वन्द्वबाट स्थानीय तहलाई मुक्त गराउन सहमतिको राजनीति अपरिहार्य ठान्छन् ।
समाजसेवामा पनि उत्तिकै रुचि राख्ने उनले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएको थिए । त्यसपछि उनले प्रदेश तथा संघीय चुनाव देखि नेकपा पार्टीमा आवद्व रहेर राजनीतिमा लागे पनि उनी कुनै पार्टीमा प्रवेश गरिसकेका छैनन् । उनी नेकपा पार्टीमा आवद्व रहेको छ।
उनले भन्ने म लोकतान्त्रिक विचार राख्ने मान्छे हुँ, लोकतान्त्रिक पार्टीमा लागेर राजनीति गर्छुु उनले स्मार्ट २४ न्यूजसित भने ।