भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका -३ स्थित गौतमपुरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रामधुनी १ का मनोज श्रेष्ठको मृत्यु भएको हो ।
हरिनगर गाउँपालिका ३ स्थित भित्रि सडक खण्डमा निमार्णाधिन सडकमा पानी हाल्दै गरेको को २ त ९८८९ नम्बरको ट्याङकर अनियन्त्रित भई विद्युतको पोलमा ठक्कर लागी दुर्घटना भएको हो ।
जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।