नसीम अन्सारी
भुटाहा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ स्थित ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार रहेको १० वर्षिय बालिकाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ठक्करबाट मृत्यु हुने बालिका सरफराज अन्सारीको १० वर्षिय छोरी रेहना प्रविणको घटना स्थलमै मृत्युु भएको छ भन्ने उक्त मोटरसाईकलमा सवार १२ वर्षिय छोरी रुकसार खातुन र ७ वर्ष छोरा सुफिन अन्सारी गम्भीर घाइते भएको छ।
घाइतेहरुलाई जिल्ला अस्पताल इनरुवामा उपचार नभपछि थप उपचारको लागि गोल्डेन हस्पिटल बिराटनगर लगेको छ।
को. ११ प १२०० नम्बरको मोटरसाइकल घटना स्थलबाट बरामद गरेको छ भन्ने ठक्कर दिने ट्याक्टर तथा चालक फरार रहेको शिशुवा प्रहरी चौकीले जानकारी दिएको हो।
उक्त ट्याक्टर तथा चालकको खोजि भइरहेको शिशुवा प्रहरी चौकीका असे कृष्ण बास्तोलाले बताउनु भयो ।