नसीम अन्सारी
भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिका-२ स्थित रामटोलमा अटोको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
बुधवार साँझ साँढे ६ बजेको समयमा देवानगंज-२ रामटोलमा को.२ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचु दास मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोको ठक्करबाट घाइते भएका मेहतालाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने अटो र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ ।