नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका नेपाली काँग्रेसका सभापति शिवहरि श्रेष्ठले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न गाउँपालिका वासीलाई अपिल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने लागेको छ ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।
‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न श्रेष्ठले अपिल गरेको छन्।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सबै स्थानीय तहमा एकसाथ विरोध गर्ने कार्यक्रम अनुसार हरिनगरमा पनि विरोध सभाको आयोजना गर्न लागेको हो ।
विरोध सभाको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस हरिनगर गाउँपालिका सचिव नईम अन्सारीले जानकारी दिएको हो।
अन्सारीले माघ ३ गते शनिवार १२ बजे हरिनगरा बजारमा हुने बृहत विरोध सभामा सहभागि हुन र कार्यक्रमलाई सफल बनाउनका लागि सबैमा अनुरोध समेत गरेका छन् ।
अन्सारीले संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।