नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ५ स्थित वसन्तपुरमा भएको भिसन आगलागीमा ७ परिवारको २२ वटा घर पुर्णरुपमा जलेर नष्ट भएपछि वडाअध्यक्ष सबिब अन्सारीले आगलागी पिडितहरुलाई राहत उपलब्ध गराएको छ ।
५ नम्बर वडाअध्यक्ष सबिब अन्सारीले आफ्नो तर्फबाट र वडाको तर्फबाट राहत सामाग्री लिएर तुरुन्त आगलागी पिडित जनताको घरमा पुगि राहत हस्तान्तरण गरेको थियो ।
वडाअध्यक्ष अन्सारीले केही स्थानीयवासीको सहयोगमा आगलागी पिडितहरुलाई राहत उपलब्ध गराउन एक रिलिफ समिति गठन गरेको छ।
वडाअध्यक्ष अन्सारीले समितिको अध्यक्षमा आफै बसी सचिवमा स्थानीयवासी तथा नेपाल औषधी व्यवसाय संघ धरान नगर सचिव प्रवेज आलम अन्सारी सदस्यहरुमा शमशेर आलम , समिम अन्सारी लगायत ७ सदस्यीय समिति गठन गरेको छ।
धेरै चिसो मोसम भएको कारण समितिका सचिव प्रवेज आलम अन्सारीले आफ्नो बुबाको नामबाट ५ थान ब्लकेट आगलागी पिडित परिवारलाई हस्तान्तरण गरेको छ।
वडाअध्यक्ष एवम् रिलिफ समिति अध्यक्ष सबिब अन्सारी सचिव प्रवेज आलम अन्सारी सदस्य शमशेर आलम, समिम अन्सारीको पहलमा छिमेकी भारती बस्मतिया पंचायतका मुखिया मोजमिल अन्सारीसंग अगलागी पिडितहरुलाई राहत उपलब्ध गराउन पहल गरेपछि मुखिया अन्सारीले आफ्नो तर्फबाट वडा नम्बर ५ वसन्तपुरका आगोलागी पिडितलाई आइतबार घरमै पुगेर राहत वितरण गरेका हुन् ।
समितिका अध्यक्ष तथा सदस्यहरुले मुखियाको सहयोगमा बस्मतिया बजारमा रहेका कपडा पसल, किराना पसल,भडा पसल विभिन्न व्यक्तिहरुबाट आगलागी पिडितहरुको लागि राहत संकलन गरेको छ।
रिलिफ समितिका सचिव प्रवेज आलम अन्सारीका अनुसार आफुहरुले आगलागी पिडित परिवारहरुलाई आवश्यता अनुसारका राहत सामाग्रीहरु वितरण गरेको बताए ।
कुनै पनि व्यक्ति वा संघसंस्थाहरुले राहत सामाग्रीहरु लिएर आउदा वडाअध्यक्षको रोहवरमा बनेको रिलिफ समितिमा जम्मा गरि पिडित परिवारहरुलाई बराबर गरि वितरण गर्ने गरेको बताए ।
पिडितहरुलाई चाहिने आवश्यक सरसमान चामल, दाल, चुरा,भुजा,मसला, साबुन,लेत,नुन कपडा, कम्बल, त्रिपाल, काचो कपडा, भाडा, प्लास्टिकका बाल्टिन लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।
साथै आगलागी पिडितहरुलाई घर निर्माणको लागि निशुःल्क जस्तापाता उपलव्ध गराउने ५ नम्बर वडा अध्यक्ष तथा रिलिफ समितिका अध्यक्ष सबिब अन्सारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।