नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरमा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीतहरुलाई प्रदेश १ का नेपाली काँग्रेसका सांसद हाजि ताहिर अन्सारीले जस्तापाता वितरण गरेको छ ।
नेपाली काँग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ एवंम सचिव नईम अन्सारी सहितको टोली पुगेर राहतमा जस्तापाता वितरण गरेको हो ।
आगलागी भएपछि वस्ने खाने ग्यारेन्ण्टी नभएका अग्नी पिडीतहरुलाई राहत स्वरुप एक परिवारलाई १६ पाताका दरले ५ जना परिवारलाई ८० पाता करिव १ लाख वरावरको जस्तापाता वितरण गरेको वताएको छ ।
यस अघि आगलागीवाट घर गोठ जलेको खवर पाउन साथ रातिकै समयमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले घटना स्थलमा पुगि पिडित जनताहरुसँग भेटेर दु:ख दर्द बुझि तुरुन्त चाहिने सरसामान लिए पिडित परिवारको घरमा पुगि वितरण गरेको थियो ।
सांसद अन्सारीले घटनास्थलमा पिडीतको विचल्ली देखेर दुख लागेको वताउनुभयो । उहाले पिडामा थोरै भएपनि मलम लगाउन पिडित जनतालाई चिसोबाट बचन जस्तापाता लिएर आएको वताउनु भयो ।
आगलागी पिडित जनताका लागी आफु र गाउँपालिकाले सक्दो सहयोग गर्ने उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस हरिनगर सभापति शिवहरि श्रेष्ठले दु:खकाे समयमा साथ दिनु भनेको नै शेवा भएको वताउदै अग्नी पिडीतहरुलाई राहतको लागी अन्य निकायलाई पनि सहयोग गर्न आवाहान गर्नुभयो ।
आगलागीवाट पिडीत भएका परिवारलाई छिटो छरितो र पटक पटक राहत वितरण गरेको प्रति नेपाली काँग्रेस हरिनगर सचिव तथा युवा नेता नईम अन्सारीले धन्यावाद व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसको टोलीले विगतमा पनि दुखमा परेकाहरुलाई साथ दिदै आएको सचिव अन्सारीले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा सुनसरी क्षेत्र ४ को ख बाट निर्वाचित प्रदेश १ का सांसद हाजि ताहिर अन्सारी जिल्ला सदस्य भिखारी मण्डल हरिनगर सभापति शिवहरि श्रेष्ठ सचिव नईम अन्सारी वडा सभापति लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।