जयकृष्ण यादव, १० पुष २०७६ मा प्रकाशित
इनरुवा / सुनसरीको कोशी गाउँपालिकामा १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गर्ने सुनसरीको कोशी गाउँपालिका वडा नं। ४ यादव टोलका २३ वर्षीय धिरज यादव फरार रहेको प्रहरीलेजनाएको छ ।
पीडक विरुद्ध पीडितका आफन्तले पुष ९ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको छ ।
प्रहरीले पुस ९ गते मुद्धा दर्ता गरेको रपीडक फरार भएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण इनरुवा अस्पताल पुस ८ गते गरिएको छ ।