भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित घुस्कीमा भारतबाट अवैध भित्र्याइएका कुखुरा सशस्त्र प्रहरी बल विओपीले नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरालाई सशस्त्र प्रहरी बल घुस्कीले बरामद गरी नष्ट गरेको हो।
साइकल र मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल घुस्कीको टोलीले ४५ थान कुखुरा बरामद गरेको हो।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ। यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन।
विओपीले कुखुरालाई बरामद गरे पनि कुखुरा ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिएको छैन।
सशस्त्र प्रहरी बल घुस्कीका प्रमुख सन्तोष सुवेदीले कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा कुखुरा छाडेर भागेकोले पक्राउ गर्न नसकिएको बताए।
बरामद गरिएका ४५ थान कुखुरालाई सशस्त्र प्रहरी बल घुस्कीले आफ्नै कार्यालय हाताभित्र खाल्डो खनेर जनप्रतिनिधि, स्थानीयवासी, नेपाल प्रहरीको रोहबरमा नष्ट गरिएको उनले बताए।