भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आइतबार बिहान आगलागी भएको छ ।
स्थानीय मेहेरवान अन्सारीको गाईगोठ घरमा बालेको घुरबाट अचानक आगलागी भएको स्थानीय जुवेर अन्सारीले बताएका छन् ।
आगलागीमा मेहेरवान अन्सारीको गाई गोठको छाफरो जलेर नष्ट भएको छ भन्ने गाई गोठसँगै टासिंएर रहेको पप्पुलर एकेडेमी स्कुलको ३ कोठे भवन सहित कार्यालयमा रहेका सम्पूर्ण सरसमान लगायत कागजात जलेर नष्ट भएको छ।
स्कुलमा रहेको कम्प्यूटर, प्रिन्टर, फाइल , परिक्षाका कापी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५ लाख मूल्य बराबरको क्षति भएको घुस्की प्रहरी चौकीले जानकारी दिए ।
आगलगी झन्डै १ घण्टा पछि स्थानीयवासीहरुले नियन्त्रणमा लिएको स्थानीय जुवेर अन्सारीले जानकारी दिए ।