भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाले आय आर्जनको लागि भन्दै २० बिपन्न परिवारलाइ बाख्रा बितरण गरिएको छ।
हरिनगर गाउँपालिकाको आर्थिक सहयोग र नेपाल राष्ट्र ग्रामिण उत्थान मंचको आयोजनामा हरिनगर गाउँपालिकाको सात वटै वडाका २० जना किसानहरुलाई बाख्रा बितरण गरिएको नेपाल राष्ट्र ग्रामिण उत्थान मंचका कार्यक्रम संयोजक सन्तोष यादवले जानकारी दिएको हो।
हरिनगर गाउँपालिकाका २० जन्ना परिवारलाई बुधबार कृषि भवन परिसर हरिनगरामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष उमेश यादवले जानकारी दिनुभायो।
प्रति परिवारलाई १ ओटाका दरले बाख्रा उपलब्ध गराइएको हो। ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवश्था सवाल बनाउने उद्देश्यका साथ् बाख्रा वितरण गरिएको हो।
बाख्र बितरण कार्यक्रममा हरिनगर गाउँपालिकाको उपाध्यक्ष रिमझिम कुमारी भगत, कृषि शाखा प्रमुख लक्ष्मी मेहता, गाउँपालिकाका कर्मचारी दिपेन्द्र मेहता नेपाल राष्ट्र ग्रामिण उत्थान मंचका अध्यक्ष उमेश यादव र संस्थामा सदस्य जितु यादव, स्थानीयवासीहरु लगायातको सहभागिता रहेको थियो।