भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं-३ स्थित गौतमपुरमा आइतबार राति भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ।
गौतमपुरका स्थानीयवासी छुटहरु मेहताको घरमा विद्युत सट भई आगलागी हुदाँ एक घर पुर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हरिनगराले जानकारी दिएको हो।
आगलागीबाट १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट लत्ताकपडा,भाडा बरतन,खाद्यान्नसहितका सबै सामाग्री जलेपछि आगलागी पीडितको विचल्ली भएको छ।
आगो करिब एक घण्टापछि स्थानीयवासी र गौतमपुर प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले घटना स्थलमा पुगि आगलागी पीडित परिवारलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।