भुटाहा,। सुनसरीको हरिनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ।
नेकपा एमाले हरिनगर गाउँपालिकाको उपाध्यक्षमा सर्वसहमत युवा नेता नसीम अन्सारी निर्वाचित भएका छन् । अन्सारीले आफुलाई सर्वसहमत निर्वाचित गराउने सम्पूर्ण प्रतिनिधि र अग्रज नेताहरुलाई हार्दिक आभार प्रकट गरेका छन् ।
युवा नेता अन्सारीले स्मार्ट २४ न्यूजसँगको कुराकानी आफुले हरिनगर गाउँपालिको उपाध्यक्ष पदमा निर्वाचित भएपछि अब नेकपा एमालेको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने बताए ।
अन्सारीले भन्ने आउन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर गाउँपालिकाको ७ वटै वडामा नेकपा एमालेको संगठनलाई संचालन गरि चुनावको तयारीमा आफु लागि परेको बताए ।
अब आउने निर्वाचनमा युवा शक्ति परिचालन गरि नेकपा एमालेलाई वडा देखि गाउँपालिका समेत जिताउने अभियानमा हामी लागि परेको छौं।
अग्र नेता तथा पार्टीका निर्णय अनुसार हरिनगरमा परिवर्तन गर्नको लागि नेकपा एमालेको मिशन पुरा गर्न आफु लागि परेको अन्सारीले बताएको हो। पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आफु जुनसुकै बेला तयार रहेको बताएका छन् ।