नसीम अन्सारी
इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा माघ १ गते बुधबारबाट सुरु गरिएको निःशुल्क खाना खुवाउने अभियानमा तिन दिनमा दुई हजार भन्दा बढी मानिसहरुले खान खाएको छ ।
पहिलो दिन ४ सय जनालाई खाना खुवाएको थियो । प्रचार प्रसारको अभावमा धेरैले जानकारी नपाउँदा कार्यक्रममा सहभागि हुनेको संख्या कम भएको बताउँदै यादवले दोस्रो दिन ६ सय जनालाई खाना खुवाएको तेस्रो दिन झण्डै दोब्बर संख्या ८ जनाले खाना खाएको छ। खाना खानेको संख्या अझै बढ्ने विश्वास ब्यक्त गरे ।

खाना खान आउनेहरुको संख्यासँग सहयोग दाताहरुको संख्या पनि बढ्न थालेकोले आयोजकहरुले तीन दिनको लागि सुरु गरेको अभियानलाई सात दिनसम्म पु¥याउने मनस्थिति बनाएका छन ।
आयोजक समितिका सल्लाहकार नारायण यादवले निःशुल्क खाना खुवाउने अभियानमा सहयोगीहरुको हात जोडिदै गएकोले तीन दिनको लागि भनि सुरु गरेको अभियानलाई अब कम्तिमा पनि सात दिनसम्म निरन्तरता दिने योजना बनाएको बताए ।
उनले भने, ‘ सहयोगी हातहरु अघि आउने क्रम जारी छ । अहिलेलाई हामी तीन दिनको अभियानलाई सात दिन पु¥याउने योजनामा पुगेका छौ । यसरी नै सहयोगी हातहरु अगाडि आउँदै जाने हो भने १५ दिन हुँदै १ महिनासम्म अगाडि बढाउन सक्ने स्थिति बन्ने छ ।’
आयोजक ५७ टोलीले करिब १ लाख रुपैया नगद र जिन्सी सहयोगबाट सुरु गरेको अभियानमा पहिलो दिन इनरुवा नगरपालिकाका मेयर राजन मेहताले आठ बोरा चामल सहयोग गरेको, दोस्रो दिन रमेश मेहताले २ बोरा चामल, मनिस साह दुई बोरा चामल सहयोग गरेका छन ।
त्यस्तै इनरुवा ४ मा रहेको रामजानकी तरकारी बजारका ब्यापारीहरुले अभियानमा लाग्ने तरकारीको ब्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।त्यस्तै प्रकाश साहले बिहीबार ११ हजार, मुरली सारडाले ५ हजार, सञ्जीब दत्तले २ हजार १ सय, श्याम किसोर मण्डल ५ हजार रुपैया सहयोग गरेको संयोजक यादवले जानकारी दिए ।
उनले भने, ‘धेरै जनाको प्रतिबद्धता आएको छ, तीन दिनको अभियानलाई सात दिन पु¥याउने स्थितिमा हामी पुगिसकेका छौ ।’