स्मार्ट २४ न्यूज
काठमाडौ,। नेपालमा रहेको काठमाडौ त्रिभुवन विमानस्थलमा दुई जहाज एक आपसमा ठोक्किएका छन्।
जनकपुरको लागि काठमाडौबाट उडान गर्ने लागेको बुद्ध एयरको जहाज उडानको क्रममा काठमाडौ विमानस्थल पार्किङामा रोकिराखेको अवस्थामा यति एयरलायन्सका जहाजसँग ठोक्किएका हुन्। जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।
दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन्। क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले चेक जाँच गरेपछि उडान हुने बताइएको छ।