नसीम अन्सारी
सप्तरी:- प्रदेश नं.२ को सप्तरीमा ३ दिन देखि चलिरहेका आलमी इज्तिमा आज सोमवार अपहरण दुवापछि सम्पन्न भएको छ।
सप्तरीको बरसाईन नगरपालिका वडा नम्बर ५ स्थित जाँजरमा आयोजना गरेको आलमी इज्तिमामा नेपाल र भारतबाट ५० लाख भन्दा बढी मुस्लिम धर्माम्बलीहरुको सहभागी रहेको थियो ।
फागुन ३ देखि सुरु भएको ५ गतेसम्म हुने सो सम्मेलनमा १० लाख बढी मुस्लिम समुदायको सहभागी हुने अनुमान गरेको थियो । सो कार्यक्रम अनुमान भन्दा ५ गुणा बढी सहभागी भएको आयोजक समितिले जानकारी दिएको हो।

इज्तिमा स्थलमा आशा गरेभन्दा निकै बढी संख्या मुस्लिम समुदायको घुइँचो लागेको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले बताए ।
आयोगका अध्यक्ष शमिम मियाँ अन्सारीको नेतृत्वमा निगरानी समिति र इज्तिमा व्यवस्थापन कमिटिले सवै किसिमबाट सहयोग गरिरहेको निगरानी समितिका सदस्य पूर्वमन्त्री जाकिर हुसैनले बताए ।

नेपालकै इतिहासमा पहिलो पटक सबैभन्दा ठुलो मुस्लिम समुदायको आलमी इज्तिमा सप्तरिको जाँजरमा सभ्य र भब्य रुपमा सम्पन्न भयको छ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले यसको लागि प्रधानमन्त्री ज्यु, गृहमन्त्री ज्यु, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष ज्यु, सप्तरी जिल्ला प्रशासन प्रमुख ज्यु, ३ वटै सुरक्षा प्रमुख ज्युहरुलाई धन्यवाद दिनु भएको छ।