स्मार्ट२४ न्यूज
२ पुष २०७६ बुधबार काठमाडौं :- राष्ट्रिय प्रजातन्त्र पार्टीले गत मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षा गर्न पुस ४ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
उपनिर्वाचनको समीक्षासँगै संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए