सुरेन्द्र मेहता भोक्राहा, । सुनसरीको भोक्राहामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रकाशपुर अकाहा बजार सडक खण्ड अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजार स्थित को. १२ प ४२० नम्बरको मोटरसाइकलले पैदलयात्री भोक्राहा २ निवासी करिब ६० बर्षीय झाबर मेहतालाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी चौकी भोक्राहाले जानकारी दिए ।
भोक्राहाको अकाहा बजार नजिक दिसो ३ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई जिल्ला अस्पताल इनरुवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी भोक्राहाका प्रमुख मोहन बिक्रम कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकलका चालक बराहक्षेत्र नगरपालिका–११ निवासी ३५ वर्षीय मजेबुल खानलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक मेहताको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।