अकवर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिका दुहबीबाट सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने मोटरसाईकल सवारी सहित १५ जनालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ ।
बिहानै लकडाउन उल्लंघन गरेर हिड्ने र सवारी चलाउने १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविन कार्किले जानकारी दिनुभयो। कार्कीका अनुसार दुई दर्जन भन्दा बढि मोटरसाइकल नियन्त्रणमा लिइएको बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको सुचाना दिएर आजदेखि घरबाहिर अनावश्यक रुपमा हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने चेतावनी दिएको थियो ।