स्मार्ट २४ न्यूज
काठमाडौं,। नेपालमा १ थप नयाँ संक्रमिति भेटिएसंग अहिलेसम्म कोरोना भाइरस संक्रमित संख्या ६ पुगियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बिहीबार पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
कतारबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको डा.देवकोटाले जानकारी दिनुभएको छ ।
चैत ४ गते फ्लाइट नं क्युआर ६५२ बाट दोहा हुँदै काठमाडौ आएका दुई जनामा यसअघि नै कोरोना पोजेटिभ देखिएको थियो ।
नेपालमा अहिलेसम्म ६ जनामा कोरोनाको संक्रमण देखिएको एक जना उपचारपछि घर फर्किएका छन् ।अन्य संक्रमितहरु भने उपचारको क्रममा रहेका छन् ।
टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा एक जना उपचारको क्रममा रहेका छन् ।