अकवर अलि
दुहबी,। मोरङको बुढिगंगा गाउँपालिका वडा नं १ मिलनचौक पूर्व यादव टोल स्थित २७ बर्षिय युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको छ ।
करीव एक महिनाअघि भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट ९आरडीटी० गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले बताए ।
उनको स्वाब परीक्षणका लागि कोशी अस्पताल बिराटनगर लैजान आवश्यक तयारी गरिरहेको जनाइएको छ ।
युवति गत चैत १० गते घर आइपुगेकी थिइन् । उनीसँगै आएकी अर्की युवतिको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।