स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीमा भाेलि देखि लकडाउन थप कडा बनाउन अत्यावश्यक पसल पनि नखुल्ने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ ।
इनरुवा, इटहरी, धरान, दुहबीसँगै सम्पूर्ण बजार बन्द गराईने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । त्यो सँगै सिमा क्षेत्रमा थप कडाई गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले निर्देशन समेत दिएका छन।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख यज्ञविनाेद पाेखरेलले हिजो र आज अत्यावश्यक पसल खोले पनि भोली देखि भने पूर्ण रुपमा बन्द हुने बताए ।
दुई दिन देखि अत्यावश्यक पसल खुले पनि भोली देखि खुल्दैनन् प्रमुख पाेखरेलले बताए ।