स्मार्ट२४न्यूज ५ पुष २०७६ शनिबार
सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा बन्दै गरेको ढल निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। बिराटनगरकाे बरगाछी देखि लिएर सुनसरीकाे फुल चाैक सम्म बन्न लागेको हुलाकी सडक आयोजना अन्तर्गत भुटाहामा हुलाकी सडक ठेक्कादारले ढल नालाकाे पेटीमा अरु ठेक्कादारलाई दिएको छ। निर्माण भइरहेका ढल तथा नाला बनाउने काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ ।
हरिनगर गाउँपालिका भुटाहा क्षेत्रको सडक, ढल तथा नाला निर्माणको जिम्मेवारी लिएको विकाे विलर्डस कन्स्ट्रक्सनले निर्माणकार्यमा गुणस्तरहीन र कमसल सामग्रीको प्रयोग गरेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । उनीहरुले निर्माणकार्यमा ठेकेदारले ‘कमसल’ सामग्री प्रयोग गरेको फेला पारेको बताए । ठेकेदार कम्पनीले हुलाकी सडक निर्माण योजनाअन्तर्गत गाउँपालिकाकाे भुटाहा बजार क्षेत्रमा सडक तथा ढल निर्माणको काम सुरु गरे पनि काममा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा निर्माण सम्पन्न भएका सडक तथा ढलहरु तत्कालै चर्किने तथा भत्किने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
स्थानीय बासिन्दाहरुले समेत ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेको फेला पारेर स्थानीय सराेकारमा उजुरी गर्दा समेत निर्माण कार्यभइरहे सम्बन्धि वडा कार्यालयले भने कुनै प्रतिक्रिया नदिएको स्थानीयहरुको गुनासो रहेको छ । हरिनगर १ र २ भुटाहा बजारमा निर्माणाधीन नालाको काममा सिमेन्टमा अत्यधिक रुपमा बालुवाको मात्रा मिसाइएको र उक्त स्थानमा निर्मित नाला तत्कालै भत्किने र चर्किएको पाइएकाे छ। स्थानीयबासी राजु ठाकुरले जानकारी दिए ।
ठेकेदार कम्पनीले निर्माणकार्यमा कमसल इँट्टा प्रयोग गरेको पाइएपछि स्थानीय बासिन्दाले विरोध गरिदिएको बताए । ठेकेदारले सुरुमा काम राम्रै गरे पनि बीचमा आएर बदमासी गर्नथालेपछि आफूहरुले निगरानी गर्दै आएको सेराज फलाहीले बताए । उनले भने, ‘कामको अनुगमन गर्ने निकाय कोही नहुँदा ठेकेदारले मनपरी गरेका छन् ।’ नियामक निकायले बेवास्ता गरेपछि आफूहरुले नै निगरानी गरेर ठेकेदारको बदमासी फेला पारेको फलाहीले बताए । काममा भएको बदमासी हुनसक्ने आशंकामा पटक–पटक गाउँपालिका कार्यालयलाई सचेत गराउँदा पनि कुनै कदम नचालेको अन्सारीको आरोप छ ।
ठेकेदारले सम्झौताविपरीत सिमेन्टमा बालुवाको मात्रा बढी हालेको, निर्माण भएको नालामा सिँचाइ पटक्कै नगरेको, काँचो (कमसल) इँट्टा प्रयोग गरेको स्थानीय बासिन्दाको आरोप छ । ‘नाला राम्रो बन्ला र बजार डुबानबाट मुक्ति पाइएला भनेर काममा साथ दिइरहेका छौँ’, स्थानीय ठाकुरले भने, ‘नाला निर्माणमा प्रयोग भइरहेका इँट्टा, सिमेन्टमा बालुवाको मिसावट र कामको शैली देख्दा दुःख लागिरहेको छ ।’ ठेकेदारले आयोजनाको नाला निर्माणमा प्रयोग गरेको सामग्री र कामको शैली देखेर प्राविधिकहरु नै सन्तुष्ट छैनन् । इन्जिनियर ललित यादवले नाला निर्माणमा अधिकांश कमसल सामग्रीको प्रयोग भइरहेको बताए ।
उलने भने, ‘भुटाहामामा नाला निर्माणको कामलाई मैले पनि नजिकबाट हेरिरहेको छु, तर नालामा प्रयोग भइरहेका सामग्री प्राविधिक रुपले कमसल छन् । काम गराइको ढंग पनि पुगे ।’ आयोजनाको काममा एकातिर ढिलासुस्ती भइरहेको, अर्कोतिर गुणस्तरहीन सामग्री प्रयोग हुँदा धेरै समय टिक्ने अवस्थामा नरहेको हरिनगरा उधयाेग वाणिज्यसंघका अध्यक्ष अनुरुद प्रसाद गुप्ताले बताए । ‘कामको गुणस्तर हेरिदिने निकाय कोही भइदिएन’, गुप्ताले भने, ‘ठेकेदारले जानी जानी तेस्रो क्वालिटीको इँट्टा खरिद गरिरहेको छ ।’
हुलाकी सडक विस्तार आयोजनाले पहिलो चरणमा सडक दोस्रो चरणमा सतही ढल र नाला निर्माणको काम गत मंसिरदेखि सुरु गरेको हो । संरचना खालि भएको क्षेत्रमा आयोजनाले पूर्वाधार निर्माणको काम गरिरहेको छ । आयोजना कार्यालयका व्यवस्थापक इन्जिनियर दायवले नाला निर्माणको कामलाई आफूहरुले अनुगमन गरिरहेको दाबी गरे । ‘हामीले अनुगमन गर्दा त्यस्तो कमसल सामग्री प्रयोग भेटाएका छैनौँ’, ओभरसियर कमल यादबले भने, ‘कतै त्यस्तो सामान प्रयोग गरिएको रहेछ भने कारबाहीको दायरामा ल्याउँछाै ।