स्मार्ट २४ न्यूज
सुनसरी,। प्रदेश नं. १ मा आइतबार ३ जनामा कोरोनाको संक्रमण पूष्टि भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला तथा धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यायलस्थित कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ ।
यो संख्यासहित प्रदेश १ मा कोभिड-१९ पुष्टि भएकाहरुको संख्या ३९ पुगेको छ । हालसम्म प्रदेश १ मा कुल १७ ले कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत उल्लेखित तीनजनामा कोरोना पूष्टि भएको बताएको छ ।
आइतबार साँझ मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा विराटनगरका २ जना र धनकुटामा १ जना कोरोना संक्रमित भएको उल्लेख छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
