इनरुवा,। कोरोना संक्रमण बढेपछि सुनसरीमा मंगलबारदेखि एक साता निषेधाज्ञा लगाइएको छ । सुनसरीमा बुधबार १२ बजे राति देखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
सुनसरीमा कोभिड १९ कोरोना भाइरस समुदाय तहमा बढदै गएकाले जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरेलका अनुसार सुनसरी जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिकाहरुमा कोरोना भाइरस संक्रमितहरुको सख्याँ बढदै गएकाले मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाउन निषेघित क्षेत्र घोषणा गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले भने साउन २१ गते राती १२ बजेदेखी साउन २६ गते राती १२ बजेसम्म सुनसरी जिल्लाभर लागु हुने गरि मानिसहरुको आवतजावत नियन्त्रण र निषेघित गर्न रोक लगाईएको छ ।
निषेघित क्षेत्र घोषण भएपछि सरकारी तथा सार्वजनिक सेवाका कर्मचारीहरु र सरकारी नम्बर प्लेटका सवारीसाधनहरु कार्यालय आउन जान मात्र प्रयोग गर्न पाउने गरि कर्मचारीले कार्यालय समय अघि र पछि हिडडुल समेत गर्न नपाउने गरि आवतजावतमा रोक लगाईएको छ ।
निषेघित क्षेत्र घोषणा भएपछि मानिसहरु घरबाहिर निस्कीएर हिडडुल गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने समेत प्रजिअ पोखरेलले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन २० गते मंगलवार गरेको निर्णय पुनरावलोकन गरि मानिसको आवगमन नियन्त्रण गर्न अत्यावश्यक सेवाका सवारी बाहेक अन्य सवैप्रकारका सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनले साउन २६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू रहने बताए।