इनरुवा,। सुनसरी जिल्लालाई पुन ७ दिन निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रसाशन कार्यालय सुनसरीमा बसेको बैठकले तेश्रो पटक म्याद थप गर्दै जिल्लालाइ पुन ७ दिन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यो भन्दा अगाडी थपिएको समय आज राती १२ बजे सकिएपनि पुनःत्यसैलाइ निरन्तरता दिदै जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।
सुनसरीको स्थानीय तहहरूमा कोरोना संक्रमितहरूको संख्या बढदै गएकोले जिल्लालाई थप ७ दिन निषेधित क्षेत्र तथा लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ ।
यो पटक भने अघिल्लो साता भन्दा कडाइका साथ नियमहरूको पालना गराउन स्थानीयतहहरूलाई प्रसाशनले अनुरोध समेत गरेको छ ।
जिल्लामा अति आवस्यक औषधि पसलहरूबाहेक सबै प्रकारका व्यापार व्यवसायहरू बन्द गर्न प्रसाशनले अनुरोध गरेको छ ।
त्यस्तै अति आवस्यकका ढुवानीका गाडी , प्रेस , एम्बुलेन्स, सरकारी गाडी , कुटनितिज्ञ लगायतका सवारीसाधनहरूबाहेक अन्यलाइ राजमार्गमा निस्कन प्रतिबन्ध लगाइएको छ ।