नसीम अन्सारी
काठमाडौ,। राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षज्युको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका प्रतिनिधि,गृह मन्त्रालयका प्रतिनिधि,काठमाडौं महानगरपालिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख,नेपाली सेना र प्रहरी लगायतको उपस्थितिमा छलफल गरेको छ।
छलफलमा कोरोना भाइरस (कोभिड -१९ ) बाट मुस्लिम समुदायको मृत्यु भएमा काठमाडौंको कब्रीस्तान्नमा शव ब्यवस्थापन गर्ने समस्या भएकोले बैकल्पिक कब्रीस्तान्नको आवश्यता रहेको मुस्लिम आयोगले माग गरेको छ।
साथै नेपालको कुनै जिल्लामा मुस्लिम समुदायको कोभिडबाट मृत्यु भएमा कब्रीस्तान्नमा नै शवलाई इस्लाम धर्मअनुसार अन्तिम संस्कार तथा व्यवस्थापन हुनुपर्ने मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीको अडान रहेको छ।