Wednesday, March 3, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

वैदेशिक रोजगार प्रर्वद्धनका लागि इनरुवाको विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने काम सुरु

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
५ महिना अगाडि
FEATURE, मुख्य समाचार
वैदेशिक रोजगार प्रर्वद्धनका लागि इनरुवाको विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने काम सुरु
96
SHARES
ShareTweet
Subscribe

दिपेन्द्र यादव

इनरुवा,। सुनसरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेश जाने यूवाहरुलाई सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सुरक्षित आप्रवासन परियोजनाले विभिन्न काम सुरु गरेको बताएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षीत र मर्यादित बनाउनका लागि सामी परियोजनाद्वारा संचालीत सूचना तथा परामर्श सेवा प्रदान केन्द्र स्तरोन्नती गर्ने काम सुरु भएको र इनरुवा नगरक्षेत्रको विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने काम सुरु भएको सामुदायिक विकास संस्था सिडिओ सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले बताए ।

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार प्रर्वद्धनका लागि १० लाख रुपैँया विनियोजन गरिएको थियो ।

सो विनियोजित रमकबाट सामुदायीक विकास संस्था सिडियो सुनसरीले इनरुवा नगर क्षेत्रको विभिन्न ठाउँहरुमा होर्डिङ बोर्ड राख्ने काम गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालीत आप्रावासी सूचना केन्द्रको स्त्तरोन्नतीको काम सुरु भएको बताए ।

आप्रावासी सूचना केन्द्र सुनसरीमा वैदेशिक रोजगारीमा जाने र आउने यूवाहरुलाई हालको विषय परिस्थितीमा कोभिड १९ का कारण सहज सेवा दिन नसकेकोले सुरक्षित आप्रवासन परियोजनाले इनरुवा नगरपालिकासँग सूचना केन्द्र स्त्तरोन्नतीका लागि सहयोग माग गरेको बताए ।

हाल कोभिड १९ को समयमा आप्रवासी सूचना केन्द्र सुनसरीको सम्पूर्ण व्यावस्थापन सामी परियोजनाले गरिएपनि त्यसको स्त्तरोन्नती इनरुवा नगरपालिकाले सहयोग गरेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालीत रहेको आप्रावासी सूचना केन्द्र एउटा कोठामा मात्र सिमित रहेकाले त्यस सूचना केन्द्रको स्त्तरोन्नती गरी तीन कोठाको सूचना केन्द्र बनाउन लागिएको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

कार्यक्रम संयोजक भट्टराईका अनुसार आप्रावासी सूचना केन्द्रमा आउने सेवाग्राहीहरुलाई एउटा कोठामा सहज सूचना पाउन नसकेको गुनासोहरु दिन प्रतिदिन आउने गरेकाले आप्रवासी सूचना केन्द्र स्त्तरोन्नतीका लागि नगरपालिकासँग पहल गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालीत आप्रावासी सूचना केन्द्र स्त्तरोन्नती पछि महिलाहरुलाई सूचना दिनका लागि छुट्टै, पूरुषहरुलाई सूचना दिन छुट्टै र सुत्केरी महिलाहरुलाई स्तनपान गर्नको लागि छुट्टै कोठा गरी तीन कोठे भवनको काम सुरु भएको उनले बताए ।

सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सुरक्षित आप्रवासन परियोजना ९सामी० का कर्मचारीहरुले कोभिड १९ मा पनि वैदेशिक रोजगारी गुमाएका व्यक्तिहरुलाई सत्य तथ्य सूचना प्रवाह गर्दै आएको कार्यक्रम संयोजक भट्टराईले बताए ।

सिडियो सुनसरी मार्फत संचालीत सुनसरीको इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी परियोजनाले २०७६ सालदेखि वैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजनाका कार्यक्रम संयोजक भट्टराईले बताए।

सामीले वैदेशिक रोजगारीलाई सहज, सुलभ र भरपर्दो बनाउन जिल्ला सदरमुकाम इनरुवामा सूचना तथा परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

सामीका रिटर्नी स्वयंमसेवकहरुले इनरुवा नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाको गाउँगाउँमा सूचना तथा परामर्श दिने गरेको पाइएको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय मनोज कुमार मेहताले बताए ।

सामीका रिटर्नी स्वयंमसेवकहरुले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाने युवाहरुलाई जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिइरहेका छन् ।

परियोजना सञ्चालनपछि ती स्थानीय तहका वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुष आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार हुने, वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानूनी उपचार तथा यससम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको मुख्य उद्देश्य रहेको सामी परियोजना सुनसरीका जिल्ला अधिकृत देव नारायण चौधरीले बताए ।

Tags: इनरुवाकाेउदेश्यलेचाैकहरुमामुख्यरोजगारीकावैदेशिकसूचना दिनेहोर्डिङ बोर्ड
ADVERTISEMENT
Previous Post

घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

Next Post

भोक्राहा नरसिंहबाट लागुऔषध सहित २ जना पक्राउ

Next Post
भोक्राहा नरसिंहबाट लागुऔषध सहित २ जना पक्राउ

भोक्राहा नरसिंहबाट लागुऔषध सहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist