मोरङ,। प्रदेश नम्बर १ स्थित विराटनगर उपमाहानगरपालिका-१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।
सोमबार अपरान्ह ४ बजे विशेष सुराकीका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाई विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नियन्त्रणमा लिए पश्चात मण्डललाई चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।