बिराटनगर,। मोरङ रंगेली-२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका छन ।
मंगलबार अपरान्ह साढे ४ बजे दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका राजवंशी घर नफर्किदा आफन्तहरुले खोजतलास गर्ने क्रममा उनलाई घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुवी मृत अवस्थामा फेला पारिएको भनि बुधबार विहान ६ बजे प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रही कार्यालय मोरङले जनाएको छ ।