झापा,। झापाको कनकाई नगरपालिका-३ स्थित सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ ।
कनकाई ३ बस्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय झापाको टोली घटना स्थलमा पुगेपछि मृतक चौधरीको शव संकास्पद देखिएपछि अनुसन्धान शुरु गरेको थियो।
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली घटना स्थलमा पुरेर अनुसन्धान सुरु गरेपछि टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी आज ईलाका प्रहरी कार्यालयले सार्वजनिक गरिएको हो ।
मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनिहरु विच बादविबाद भएपछी मंलवबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा फालेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको बयान समेत दिएका छन । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ ।