दिपेन्द्र यादव
इनरुवा,। संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शुक्रबार साँझ दीप प्रज्वलन गरेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ओलीका समर्थकहरुले हुलाकी राजमार्गमा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिकाका युवा नेता रमेश कुमार यादवको नेतृत्वमा एकसयबढी युवाहरुको सहभागितामा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका छन् ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल भोक्राहा गाउँपालिकाका युवा नेता रमेश कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै नभएको धेरै राम्रो विकास निर्माणको काम गरेपछि पार्टी भित्रैबाट सरकारको कामलाई ओझेलमा पार्ने षडयन्त्र भएकोले प्रधानमन्त्री ओलीले बाध्य भएर प्रतिनिधी सभा विघटनको सिफारिस गर्नुपरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र शिर्ष नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतकाले काम गर्न नदिएकोले बाध्य भएर प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेर निर्वाचनको मिति तोकेको युवा नेता यादबले बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका नेता ऋतिक यादव लगायतकाले सम्बोधन गरेका थिए