सुनसरी,। नेपाली काँग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनका क्रममा सुनसरीका १२ वटै स्थानीय तहमा पनि बृहत विरोधसभा कार्यक्रमहरु गर्ने भएको छ ।
नेपाली कांग्रेस सुनसरीका सभापति एवं १ नम्बर प्रदेशका प्रतिपक्षी दलका नेता राजीव कोइरालाका अनुसार जिल्लामा रहेका १२ वटै स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो ।
काँग्रेस सुनसरीको प्रदर्शनीमा संघिय सांसद जिल्ला स्तरीय नेता क्षेत्र सभापति उपमहानगरपालिका सभापति नगरपालिका सभापति गाउँपालिका सभापति वडा सभापति सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले संसद विघटन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो ।
यसअघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो ।
सरकारको असंबैधानीक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको सबै वडामा बिरोध प्रदर्शन गर्ने छ।