इनरुवा,। सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका चिरौली चौक स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोक्रहा नरसिंह गाउँ कार्यकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिशप्रसाद कुसियैतले तोकिएकै मितिमा चुनाव हुने दाबी गर्नुभएको छ ।
आइतबार भोक्रहा नरसिंह गाउँ कार्यकमिटीले होटल लोटसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री कुसियैतले चुनावको तयारीमा जुट्न आफू निकटका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।
पहिलो चरणको चुनाव वैशाख १७ र दोस्रो चरणको चुनाव वैशाख २७ गते हुने भएको हुँदा सबै जनसमुदायलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकै बेला उहाँले चुनाव हुने दाबी गर्नुभएको हो । सरकारले प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।
मन्त्री कुसियैतले तोकिएको मितिमा भन्दा एकदिन पनि निर्वाचनमा ढिलाई नहुने बताउनुभएको हो।
कार्यक्रममा नेकपका नेता रेवतीरमण भणडारीले
पार्टीको नाम नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दाबी समेत गर्नुभयो । अध्यक्ष र महासचिव आफूतिरै रहेकाले विधान अनुसार पनि आधिकारिक आफैं भएको भण्डारीको तर्क थियो ।
वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एकढिक्का भएर लाग्न अनुरोध गर्दै नेकपाको सूर्य चिन्ह प्रधानमन्त्रीको पक्षमा आउने भएकाले कोही कराउँदैमा नपाउने जिकिर समेत गरे ।
कार्यक्रममा नेकपाका नेता खेमराज पोखरेल, रमेश श्रेष्ठ, तैयब हुसैन, मुरारी सुवेदी, सोमन भट्टराई लगायतले वर्तमान समयको बारेमा आआफ्नो धारण व्यक्त गरेका थिए । भोक्राहा नरसिंह गाउँपालिका ८ नम्बर वडा अध्यक्ष हातिम अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।