इनरुवा,। सुनसरी सदरमुकाम इनरुवामा ओली सरकार विरुद्ध चर्का नारा लगाउदै प्रचण्ड -नेपाल समूह नेकपाले बुधबार बेलुका इनरुवामा मसाल जुलुस प्रदर्शन गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डलको नेतृत्वमा इनरुवामा निकालिएको मशाल जुलशले नगर परिक्रमा गरेको हो ।
संसद् विघटन अलोकतान्त्रिक र असवैधानिक कदम भएकाले संसद् पुनःस्थापना गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको उनले बताए ।
ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो ।
भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ ।